सिटी एक्स्प्रेसले ल्यायो ९० दिने ‘लखपति एक्स्प्रेस’ योजना, लक्की ड्रमा एक लाख जित्ने माैका

  २०७५ भदौ ३१ गते १८:४२     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि. ले नेपालीको महान चाड दशैँ, तिहार र छठ्लाई “लखपति एक्स्प्रेस” उपहार योजना सार्वजनिक गरेको छ । ९० दिनसम्म चल्ने योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक २०० रुपैयाँको मोबाइल टप अप १२ जनाले जित्न सक्नेछन् ।

त्यसैगरी, साप्ताहिक रुपमा तीन जना विजेताले १०,००० रुपैयाँ र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनालाई एक लाख रुपैयाँ उपहार प्रदान गरिने छ ।

उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस १२ वर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख रुपैयाँ जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ ।

यो योजना असोज १ गतेदेखि मंसिर २९ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ । यो योजना मार्फत जम्मा ११२० जना उपभोक्ताहरु विजेता हुनेछन् । यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागु हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.