रेल विभागको महानिर्देशकमा बलराम मिश्र

  २०७५ भदौ २१ गते १७:१२     विकासन्युज

काठमाडौं । रेल विभागको महानिर्देशकमा बलराम मिश्र नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले मिश्रलाई महानिर्देशक नियुक्त गरेका हुन् । मिश्रले बिहिबारदेखि नै विभागको कार्यभार सम्हालेका छन् ।

उनी यस अघि सडक विभागको उत्तर दक्षिण सडक आयोजना प्रमुखको जिम्मेवारीमा थिए । रौतहटका मिश्रले हुलाकी सडक आयोजना प्रमुखको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।

कार्यभार सम्हाल्दै उनले नेपालको विकासको मुल प्रवाहका रुपमा हेरिएका रेलमार्गहरुको तिब्रत्तर विकासका लागि आफुले कुनै कसर बाँकी नराख्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.