१०० मा पढाइ रहेका उत्तम सञ्जेलले ३०० मा विवाह गरे

  २०७५ भदौ १८ गते १५:५९     विकासन्युज

काठमाडौँ । १०० रुपैँयामा हजारौँ विद्यार्थी पढाइरहेका उत्तम सञ्जेलले ३०० रुपैँयामा विवाह गरेका छन् । सञ्जेलले ३ सय रुपैयाँमा सुन्दरीजलकी कला अधिकारीसँग विवाह गरेका छन् ।

उनले २५ रुपैँयाको सिन्दुर, ७५ रुपैँयाको पाते र २ सय रुपैँयाका मालाले विवाह सम्पन्न गरेका छन् । गुहेश्वरी मन्दिर परिसरमा १० जनामात्रै जन्ती लगेर विवाह गरेका हुन् । विवाहमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, उपेन्द्र महतो, गुणराज लुईंटेल, प्रतीक प्रधान, मनोज गजुरेल र सिताराम कट्टेल थिए । विवाह ५ मिनेटमा नै सकिएको थियो ।

विवाह बन्धनमा बाधिएका सञ्जेलले भने-”नेपालमा गरिबीको कारणले धेरै बिरामी अस्पताल र बालबालिकाहरु शिक्षाको पँहुचमा आउन सकेका छैनन् । त्यस्ता बालबच्चाहरुलाई विद्यालय र बिरामीलाई अस्पताल पुर्याउनु पर्ने भएकाले पनि मैले ३ सय मात्रै खर्च गरेर विवाह गरेको हुँ ।

परिवारका मान्छेहरु बोलाउँदा लेनदेनको कुरोपनि आउने भएकाले आपसी सहमतीमा वैवाहिक समारोहमा सहभागी नगराईएको बताए । दुलही पक्षले विवाहमा गर्न चाहेको खर्चलाई समता अस्पतालमा उपचार गरि औषधी किन्न नसक्नेहरुलाई सहयोग गर्न सकिने पनि बताए ।

सञ्जेलले ६५ हजारभन्दा धेरै विद्याथीहरुलाई शिक्षा प्रधान गरिरहेका छन् । उनको समता अस्पतालले १०० रुपैयाँमा प्रतिदिन ३०० जना बिरामीलाई उपचार गरिरहेको छ ।

नर्सरीदेखि नर्ससम्म पढाउने समता शिक्षा अभियन्ता सञ्जेलले नेपालका ७७ जिल्ला लगायत भारत, श्रीलंका, बंगालदेश गरेर करिब ६५ हजार गरिब बिद्यार्थीलाई सहज शिक्षाको अभियान चलाई रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.