ज्योति बैंकले ल्यायो नयाँ श्रमजिवी बचत खाता, वार्षिक ८ प्रतिशत ब्याज पाइने

  २०७५ भदौ १ गते १३:१२     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले नयाँ बचत खाता “ज्योति श्रमजिवी बचत खाता” संचालनमा ल्याएको छ । उक्त खाता अन्तर्गत ग्राहकले वार्षिक ८ प्रतिशत ब्याज पाउने भएका छन् ।

यस बचत खातामा निःशुल्क बीमाको ब्यवस्थाका साथै विदेशी मुद्रा सटहीमा विषेश छुट दिने बैंकले जनाएको छ । भिसा डेबिट कार्ड, स्मार्ट मोबाइल बैंकिङ्, एबीबीएस, सी आस्वा, चेक बुक, इन्टरनेट बैंकिङ जस्ता सेवाहरु निःशुल्क गरेको छ भने लकर सुविधामा र गुड फर पेमेन्ट चेक जारी गर्दा पनि बिषेश छुट दिने भएको छ । साथै स्थायी कर्मचारीहरुका लागि ज्योति प्रोफेसनल लोनको पनि व्यवस्था गरिएको कमपनीले जनाएको छ ।

हाल बैंकले ६० वटा शाखा एवं २१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमा नै बैंकको केही थप नयाँ शाखाहरु संचालनमा ल्याउने लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.