सिटिजन्स बैंकको ब्राण्ड एम्बेसडरमा क्रिकेटर ज्ञानेन्द्र मल्ल, सात बिशेषताको बचत खाता आरम्भ

  २०७५ भदौ १ गते १२:५९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले क्रिकेटर ज्ञानेन्द्र मल्ललाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । बैंक राष्ट्रिय क्रिकेट टिमका उप कप्तान मल्ललाई एक बर्षका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । बैंकमा आयोजित एक कार्यक्रमका बीच प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र मल्लले खुद्रुके र ब्याट साटासाट गरेका थिए ।

यसैबिच सिटिजन्स बैंकले सात वटा बिशेषता भएको मेरो सिटिजन्स बचत खाता सञ्चालनमा ल्याएको छ । ७ प्रतिशत ब्याजदर, सात वटै प्रदेशमा उपस्थितीसहित बैंकले ७ वटै बिशेषता भएको बचत खाता सञ्चालनमा ल्याएको हो । मेरो सिटिजन्स बचत खातामा एक सय रुपैंयाँको न्युनतम मौज्दात, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैंकिङ, अनलाईन कारोबारमा थ्री डी सुरक्षा प्रबिधि निःशुल्क दर्ता, निःशुल्क भिसा डेबिट कार्ड, लकरमा बार्षिक ५० प्रतिशत छुट तथा विदेशी मुद्रामा ड्राफ्ट तथा स्वीफ्ट जारी गर्दा ५० प्रतिशत छुटको सुबिधा रहेको छ ।

कार्यक्रममा बैंकका डेपुटी सिइओ गणेशराज पोखरेलले गाउँ गाउँसम्म सुबिधा सम्पन्न वित्तिय सेवा विस्तारसँगै नेपालको खेलकुद क्षेत्रको विकासमा पनि बैंक हिस्सेदार बन्न चाहेको बताए । उनले नेपालाई खेलकुद केन्द्रका रुपमा स्थापीत गराउन सकिने सम्भावनालाई औल्याउँदै बैंकले संस्थागत सामाजिक उत्तरदायीत्वको ३८ प्रतिशत रकम खेल क्षेत्रमा खर्चेकोको जानकारी पनि दिए ।

ब्राण्ड एम्बेसडर नियुक्त भएका क्रिकेटर मल्लले १८ महिनादेखि तलब नपाईरहेका खेलाडीलाई ब्राण्ड एम्बेसडर बन्ने अवसरले जिविकोपार्जनमा समेत सहयोग पुग्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.