४० संस्थाको लगानीमा बीमा तालिम इन्स्टीच्युट खुल्यो, जनशक्ति विकासमा महत्वपूर्ण याेगदान पुग्ने विश्वास

  २०७५ साउन ६ गते ११:०६     विकासन्युज

काठमाडौं । ३९ वटा बीमा कम्पनी र बीमा समितिको संयुक्त लगानीमा बीमा तालिम इन्स्टीच्युट नेपाल खुलेको छ । बीमा समितिको अध्यक्ष चिरञ्जीवि चापागाईले आइतबार उक्त तालिम ईन्स्टीच्युटको उद्घाटन गरेका छन् ।

नयाँ इन्स्टीच्युटको अध्यक्ष बीमा समितिका निर्देशक राजुरमण पौडेल भएका छन् भने प्रमुख कार्यकारी अधिकृतमा भोजराज शर्मा नियुक्त भएका छन् ।

एक करोड रुपैयाँ पुँजी लगानी गरेर शुरु गरिएको उक्त इन्स्टीच्युट हाल बीमा समितिको कार्यालय परिसरमा नै राखिएको छ ।

बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभावको समस्या उत्कर्षमा पुगेपछि बीमा समिति र बीमा कम्पनीहरुको संयुक्त लगानीमा तालिम केन्द्र सञ्चालन गरिएको हो ।

गत आर्थिक वर्षमा मात्र १२ वटा नयाँ बीमा कम्पनी खुलेपछि बीमा बजारमा जनशक्ति अभाव देखिएको छ । तालिम केन्द्रको सञ्चालनको केही वर्षमा नै यस्तो अहिलेको समस्या कम हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.