रोड सेफ्टी फिल्म फेस्टिभलमा ‘दृष्टि’ उत्कृष्ट, ‘सेभ लाइफ क्याम्पियन’ भिडियो लन्च

  २०७५ असार १८ गते १८:२३     विकासन्युज

काठमाडौं । रोड सेफ्टी फिल्म फेस्टिभलमा नेपाल फिल्म एकेडेमीद्धारा निर्देशित फिल्म ‘दृष्टि’ उत्कृष्ट फिल्म बन्न सफल भएको छ । त्यसैगरी नेपाल फिल्म एकेडेमीद्धारा नै निर्देशित अर्को फिल्म ‘पछुतो’ दोस्रो र ज्ञानेन्द्र कोइरालाद्धारा निर्देशित ‘सरी बेटा’ फिल्म तेस्रो बनेको छ ।

पहिलो विजेता फिल्मले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार नगदका साथै शिल्ड र सर्टिफिकेट प्राप्त गरेका छन् । सहभागी तथा विजेताहरुलाई कार्यक्रमका अतिथि योगेश भट्टराई, कर्णबहादुर थापा र बिनोद श्रेष्ठले शिल्ड, सर्टिफिकेट तथा पुरस्कार प्रदान गरेका थिए ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को आयोजना र नासा फाउन्डेसनको व्यवस्थापनमा आज नेपालमै पहिलो पटक आयोजित काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभलमा यी फिल्म विजयी भएका हुन् ।

नेपाल टुरिजम बोर्डको हलमा सम्पन्न सो फेस्टिभलकोे शुभारम्भ पूर्व उप-प्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए । कार्यक्रममा विशिष्ट वक्ताका रुपमा बेलायतका पूर्व यातायात मन्त्री पाउल क्लार्क, फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिज्म (एफआईएम)का प्रतिनिधि ओमार जारौर, इन्डियन एलाइन्स फर रोड सेफ्टी एनजीओका अध्यक्ष अनुराग कुलश्रेष्ठ थिए ।

सो अवसरमा मुख्य अतिथिका रुपमा पूर्व मन्त्री कर्ण बहादुर थापा, संघीय संसद सदस्य योगेश भट्टराई र जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठको उपस्थिति रहेको थियो ।

निर्णायक मण्डलमा वरिष्ठ कलाकार आरपी पन्त, सञ्चारकर्मी दिनेश डिसी, चलचित्र सम्पादक नवीन निरौला, पत्रकार दिवस गुरागाईं र ट्राफिक इन्जिनियर आशिष गजुरेल थिए । कार्यक्रममा १२ जना नेपाली कलाकारद्धारा अभिनित “SAVE #3500 LIVES Campaign” भिडियो समेत लन्च गरिएको थियो । फेस्टिभलमा कुल १७ वटा फिल्मले सहभागिता जनाएका थिए ।

संसारमा विकराल मानव निर्मित समस्या बन्दै गएको छ सडक दुर्घटना । आज संसारमा वार्षिक रुपमा १४ लाखभन्दा बढी व्यक्तिहरुले सडक दुर्घटनामा परि अकाल मै ज्यान गुमाई रहेका छन् भने नेपालमा २ सय भन्दा बढी अनाहक मै मारिन्छन् । त्यसैगरि, नेपालमा वार्षिक हजारौंको संख्यामा अंगभंग भइरहेका छन् भने वार्षिक अर्बौको क्षति भइरहेको पनि छ ।

सडक दुर्घटनाका कारण हाम्रो सामाजिक संरचना नै धरापमा पर्ने अवस्थामा पुगेको छ । र, त्यही कहाली लाग्दो अवस्थामा केही सुधार गर्ने उद्देश्यका साथ सरकारी र नागरिक स्तरमा पनि केही न केही कार्य भइरहेका पनि छन् ।

त्यसैको एक प्रयासको रुपमा नासा फाउन्डेसन र अन्य संस्थाहरुले पहिलो पटक रोड सेफ्टी फिल्म फेस्टिभल आयोजना गरेको बताएका छन् । नासा फाउन्डेसन नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) अन्तर्गतको कल्याणकारी संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.