सानिमा लाईफ इन्स्योरेन्सका ग्राहकलाई मेडिकेयर नेशनल हस्पिटलमा १० प्रतिशत छुट

  २०७५ असार १५ गते १५:२०     विकासन्युज

काठमाडौं । अब सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीहरुले मेडिकेयर नेशनल हस्पिटल एण्ड रिर्सच सेन्टरमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बिहीबार दुई संस्थाबीच भएको सम्झौतामा इन्स्योरेन्सका ग्राहकहरु र कर्मचारीहरुले उपचार खर्च, औषधि र डाक्टरसंगको परामर्शमा सो मात्रकोे सुविधा पाउने भएका हुन् ।

सो सम्झौतामा अस्पतालका तर्फबाट प्रशासनिक प्रवन्धक हरिभक्त सिग्देल र इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशवराज केसीले हस्ताक्षर गरेका छन् । अब नेपाल मेडिकेयर हस्पिटल एण्ड रिर्सचले जीवन बीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण गर्ने भएको छ भने त्यसको सम्पुर्ण व्यवस्थापन बीमा कम्पनीले गर्ने छ ।

आफ्ना ग्राहकहरु र कर्मचारीहरुको स्वास्थ्यको लागि विभिन्न योजनाहरु ल्याउनुका साथै अस्पतालसंग निरन्तर सहकार्य गर्ने अपेक्षा रहेको नायव महाप्रबन्धक केशवराज केसीले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.