देव विकास बैंकको साधारणसभा असार २७ मा, १७ प्रतिशत बोनस सेयर पारित गर्ने

  २०७५ असार ६ गते ९:५०     विकासन्युज

काठमाडौं । देव विकास बैंकको ११ औं वार्षिक साधारणसभा असार २७ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १७.३१ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ ।

बैंकले २४ करोड ७० लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने जानकारी दिएको छ । यस्तै कर प्रयोजनका लागि १ करोड ३० लाख रुपैयाँ लाभांश पनि स्वीकृत गर्ने छ ।

बैंक तथा वित्तीय संस्थासंग मर्जर र एक्विजिसनमा जानका लागि उपर्युत बैंक तथा वित्तीय संस्थासंग समझदारीपत्रमा हस्ताक्षर गर्नका लागि साधारणसभाले स्वीकृति प्रदान गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.