माउन्टेन हाइड्रोले १२ करोड ५० लाखको आईपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति

  २०७५ असार ३ गते १४:०८     विकासन्युज

काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । बोर्डले अनुमति दिएकाले आईपीओ निष्कासन गर्न माउन्टेनलाई बाटो खुला भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले पाँचथरमा २१.६ मेगावाटको तल्लो हेवाखोला आयोजना सम्पन्न गरेको छ । स्थानीयलाई बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.