माछापुच्छ्रे बैंकको एकैसाथ थप ४ शाखा सञ्चालनमा

  २०७५ जेठ ३१ गते १७:५९     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एकैसाथ थप ४ शाखा कार्यालयको सुरुवात गरेको छ । बैंकले हालै विस्तार गरेकाे सप्तरी, भोजपुुर, दार्चुुला र धनुुषा शाखाबाट कारोबार शुरु गरेको हो ।

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले वाणिज्य बैंकको उपस्थिति नरहेका ४ गाउँपालिका र नगरपालिकाहरुमा शाखा स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

यस बैकले २०७४ साल चैत्र मसान्तसम्म ६८ अर्ब निक्षेप परिचालन गरी ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, बैंकले सोही अबधिमा ८१ करोड रुपैयाँ खुद मुनाफा गरेको छ ।

हाल बैंकले ८१ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवाबाट सम्पुर्ण बैंकिङ्ग सेवा दिँदै आएको छ । साथै, बंैकको ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.