मञ्जुश्री र श्री इन्भेष्टमेन्ट फाइनान्सले तोके बुक क्लोजको मिति, कहिले कहिले हुँदै छ?

  २०७५ जेठ २८ गते १४:१४     विकासन्युज

काठमाडौं । मञ्जुश्री फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले आ आफ्नो कम्पनीको बुक क्लोजको मिति तोकेका छन् । यी दुबै कम्पनीले सोमबार(आज) नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचना जारी गर्दै साधारणसभामा जाने प्रयोजनकाे लागि बुक क्लोजको मिति तय भएको जानकारी दिएका हुन् ।

मञ्जुश्री फाइनान्सकाे असार ४ गते बुक क्लोज हुँदै छ । कम्पनीको आगामी १०औँ वार्षिक साधारणसभा असार २० गते बस्दै छ ।

सभामा कम्पनीले हालको पुँजीको ५.७१ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्दै छ । साथै, फाइनान्सले कर प्रयोजनको लागि पुँजीको ०.३२ प्रतिशत(अर्थात २२ लाख ८७ हजार रुपैयाँ) नगद लाभांश पारित गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ७६ करोड ५ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात संस्थाको पुँजी ८० करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, श्री इन्भेष्टमेन्ट पनि आगामी असार २२ गते कम्पनीको २३औँ वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि असार ४ गते कम्पनीको बुक क्लोज हुने भएको छ ।

साभाले संस्थाको हालको पुँजीको २३.५७ प्रतिशत(लगभग) बोनस सेयर वितरण गर्ने सञ्चालक समितिकाे प्रस्तावलाई पारित गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.