फोर्ब्सको सूचिमा पर्ने चीनको एक मात्रै मूल्यवान ब्राण्ड हुवावे, मूल्य ८.४ बिलियन यूएस डलर

  २०७५ जेठ २४ गते १९:२७     विकासन्युज

काठमाडौं । ख्यातिप्राप्त अन्तर्राष्ट्रिय पत्रिका फोर्ब्सले हरेक बर्ष प्रकाशित गर्ने  विश्वका सबैभन्दा मूल्यवान ब्रान्डहरूको सूचि’मा यसपटक पनि हुवावे परेको छ ।

हुवावे यस सूचिमा पर्ने सफल एकमात्र चिनियाँ ब्रान्ड रहेको कम्पनीको दावी छ । सन् २०१७ मा पहिलो पटक फोब्र्सको सूचिमा पर्न सफल हुवावेले यस बर्ष पनि आफ्नो स्थान सुरक्षित गरेको छ । ८.४ बिलियन अमेरिकी डलर ब्रान्ड मूल्य भएको हुवावे फोर्ब्सको सूचिमा ७९ औं स्थानमा छ ।

गत साल ७.३ अमेरिकी डलर ब्रान्ड मूल्यसहित हुवावे फोर्ब्सको सूचिमा ८८ औं स्थानमा थियो । एक बर्षमै हुवावेको ब्रान्ड मूल्यमा १५ प्रतिशत वृद्धि भएको छ र फोर्ब्सको सूचिमा नौ स्थान माथि उक्लिन सफल भएको कम्पनीको भनाइ छ ।

फोर्ब्सको सूचिमा प्रविधि उत्पादन गर्ने कम्पनीहरूको बर्चस्व रहँदै आएको छ । यस बर्ष पनि प्रविधि उत्पादन गर्ने कम्पनीहरू नै पहिलो पाँच स्थानमा छन् । तिनले सूचिमा समावेश १०० कम्पनीको कुल ब्रान्ड मूल्यमा २० प्रतिशत हिस्सा ओगट्छन् । विगत ८ बर्षमा झै यस बर्ष पनि एप्पल सूचिको पहिलो स्थानमा रहन सफल भएको छ । त्यसपछिका चार स्थानमा क्रमशः गूगल, माइक्रोसफ्ट, फेसबुक र अम्याजन छन् ।

सूचिमा समावेश १०० कम्पनीहरू विभिन्न १६ देशका छन् । तीमध्ये सबैभन्दा बढी ५४ कम्पनी अमेरिकामा छन् । दोस्रोमा १२ कम्पनीसहित जर्मनी छ । जापान र फ्रान्सका ७–७ वटा कम्पनी छन् । चीनबाट अझै पनि हुवावे बाहेक अर्को ब्रान्ड सूचिमा छैन । सन् २०१७ मा हुवावेको अन्तर्राष्ट्रिय बजार तीव्र रुपले विस्तार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.