२६ देश सहभागी हिमालयन ट्राभल मार्ट सकियो, दक्षिण एसियालाई टुरिज्मको मुख्य गन्तब्य बनाइने

  २०७५ जेठ २१ गते १५:१५     विकासन्युज

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको नेतृत्व, नेपाल पर्यटन बोर्डको र पाटा नेपाल च्याप्टरको संयुक्त आयोजकमा सञ्चलित हिमलयन ट्राभल मार्ट सकिएको छ । मार्टको दोस्रो संस्करण पर्यटन क्षेत्रका बिभिन्न संघ संस्थाहरुको सहयोगमा राजधानीमा सम्पन्न भएको हो ।

कार्यक्रममा २६ वटा देशहरुबाट ५९ बायर्स सहभागी थिए । नेपाल, भारत, भुटान, दक्षिण कोरिया, इन्डोनेशिया, टर्की र युएइ लगायत सातवटा देशहरुबाट ५२ वटा बिक्रेताहरुको सहभागिता थियो । कार्यक्रममा नेपालल गायत दक्षिण एशियाका सवै पर्यटन ब्यवसायीहरुलाई समाबेश गरिएको बताइएको छ ।
जेठ १८ देअि २० सम्म चलेको सो कार्यक्रमको मुख्य विषय ‘सस्टेनेबल रोड टु फाइभ मिलियन भिजिटर्स वाई २०३०’ थियो । त्यस विषयमा कार्यक्रममा विभिन्न देशहरुबाट आएका पर्यटन विज्ञहरुले आफ्ना धारणा राखेका थिए ।
कार्यक्रमको अवसरमा पराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सामाजिक सञ्जाल र नयाँ मिडियाको महत्वको उजागर गर्दै पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने बताए ।
त्यस्तै संस्कृतिक पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले नेपालमा पर्यटन विकास र विस्तारको प्रचुर सम्भावना भएको चर्चा गरे ।
हिमालयन ट्राभल मार्ट २०१८ को सफलताले नेपाललाई दक्षिण एसियालाई टुरिज्मको मुख्य गन्तब्यको रुपमा स्थापित गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.