लाभकर गणना गर्ने नयाँ व्यवस्थाले सेयर बजार घट्यो

  २०७५ जेठ २० गते १५:३७     विकासन्युज

काठमाडौं । आइतबारको बजार दोहोरो अंकले घटेर १३०० अंक तल झरेको छ । दिनभरको बजारमा नेप्से परिसूचक ३३.७१ अंकले घटेर १२७३ अंकमा पुगेको छ ।

आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक भएपछि पनि सेयर बजारमा निरन्तर गिरावट आएको छ । बजेटमा अर्थमन्त्री युवराज खतिवडाले बजारप्रति सकारात्मक कुरा बताए पनि सेयर बजारले भने राम्रो गति लिन सकिरेहको छैन ।

लगातार ओरालो लागेको बजारप्रति दुःख व्यक्त गर्दै नेपाल स्टक ब्रोकर एसोसियसनका पूर्वअध्यक्ष नरेन्द्र सिजापतिले लाभकर गणना गर्ने नयाँ व्यवस्थाले सेयर बजार ओरालो लागेको बताएका छन् । उनले बोनस र हकप्रद सेयरको लागत मूल्य गणना गर्दा सेयरको अंकित चुक्ता मूल्यलाई लागत लिई लाभकर गणना गर्ने उक्त व्यवस्थाले दोश्रो बजारमा कारोबार गर्ने लगानीकर्तालाई हास्नु न रुनु बनाएको बताएका छन् ।

साथै, उनले यो नियम दोश्रो बजारमा गरिने कारोबारको सिद्धान्तको विपरीत भएको हुँदा सीघ्र सच्चाउन हुन अनुरोध गरेका छन् ।

भारी अंकको गिरावट आएको बजारमा उत्पादनमूलक बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह २९० अंकले घटेको छ । उत्पादनमूलक ३५ अंकले बढेको छ भने फाइनान्स समूह ८ अंकले घटेको छ भने बाँकी समूह दोहोरो अंकले झरेका छन् ।

आइतबार सबैभन्दा बढी मेघा बैंकका लगानीकर्ताले ९.७१ प्रतिशत गुमाएका छन् । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको साधारण र प्रमोटर दुबैको सेयर मूल्य क्रमशः ८.८७ र ८.४१ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.