नागरिक लगानी कोषले २३ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी एक अर्ब नाघ्ने

  २०७५ जेठ ७ गते १३:३४     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीलाई २३.२२ प्रतिशत लाभांश दिने भएको छ । कोषले २२.०६ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव राखेको छ ।

जेठ ७ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले १९ करोड ९२ लाख रुपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि एक करोड ४ लाख रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो । सञ्चालक समितिको उक्त प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ९० करोड रुपैयाँ रहेको छ । २२ प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी एक अर्ब १० करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६२७ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.