नेपाल बङ्गलादेश बैंकको थप शाखा धनुषा र सिराहामा

  २०७५ जेठ ६ गते १८:१०     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा विस्तारको क्रममा आफ्नो ६८ र ६९औं शाखाहरु संचालनमा ल्याएको छ । यस बैंकले जेठ ६ गते(आज)बाट धनुषा जिल्लाको धनौजी र सिराहा जिल्लाको अर्नमामा नयाँ शाखाहरुको औपचारिक कारोबार शुभारम्भ गरेको छ ।

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ ।

साथै, यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।

यी दुई शाखाहरु सहित बैंकले ६९ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित बैंकिङ्ग सेवा तथा ५१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.