माग भन्दा बढी आवेदन परेपछि रैराङ हाइड्रोपावरको आईपीओ आजसम्म मात्र

  २०७५ जेठ ३ गते ८:५३     विकासन्युज

काठमाडौं । माग भन्दा बढी आवेदन परेपछि रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेको साधारण सेयर (आईपीओ) आज कार्यलय समयपछि निष्कासन बन्द गर्ने भएको छ ।

कम्पनीले गत सोमबारदेखि प्रति सेयर १०० रुपैयाँ अंकित दरका ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । बिहीबार बैंकिङ समयपछि आईपीओ निष्कासन बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

छिटोमा जेठ ३ गते र ढिलोमा जेठ २९ गतेसम्म हुने निष्कासन हुने मिति तय गरिएको थियो । न्युनतम ५० र अधिकतम् ४ हजार २०० कित्ता खरिदका लागि आवेदन दिन पाउने व्यवस्था छ । कुल निष्कासन मध्ये ३३ हजार ६०० कित्ता कर्मचारी र ४२ हजार कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ ।

कम्पनीको स्वामित्वमा धादिङमा ५०० किलोवाटको रैराङ साना जलविद्युत आयोजना २०६१ सालदेखि सञ्चालनमा छ । कम्पनीले हाल ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.