जेठ भर खाद्य स्वच्छता दिवस मनाउदै खाद्य विभाग, सरसफाईदेखि अनुगमनसम्मको कार्यक्रम

  २०७५ जेठ १ गते १९:१०     विकासन्युज

काठमाडौं । जेठ महिनाभर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता दिवस–२०७५ मनाउने भएको छ । खाद्य स्वच्छता र गुणस्तर बारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभागले उक्त दिवस मनाउने भएको हो ।

विगभागको संयोजनमा आव २०६५/६६ देखि हरेक वर्ष खाद्य स्वच्छता दिवस मनाउँदै आएको छ । त्यसैको निरन्तरता स्वरुप यो वर्ष पनि ‘दशौं खाद्य स्वच्छता दिवस २०७५’ मनाउन लागेको हो ।

विभागले मंगलबार पत्रकार सम्मेलन गर्दै दिवस सम्बन्धमा जानकारी गराएको छ । कार्यक्रममा विभागका महानिर्देशक संजीवकुमार कर्णले खाद्य स्वच्छता दिवस मुलुकको लागि महत्वपुर्ण भएको बताए । सरोकारवाला सबैलाई यसलाई खुसीको अवसरको रुपमा लिन पर्ने उनको बुझाइ छ । ‘यसैलाई मध्यनजर गर्दै अबदेखि अन्तर्राष्ट्रिय खाद्य स्वच्छता दिवसको सेरोफेरोमा जुन ७ लाई खाद्य स्वच्छता दिवस र जेठ महिनालाई खाद्य स्वच्छता महिनाको रुपमा हरेक वर्ष मनाइने छ,’ उनले भने ।

उनकोअनुसार खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई आम जनमानसमा पुर्याउन विभागले दश वर्ष अघि उक्त अभियान शुरु गरेको थियो । अभियानलाई समर्थन गर्दै विश्व खाद्य तथा कृषि संगठन र विश्व स्वास्थ्य संघको संयुक्त आयोग (कोडेक्स) को ३० औं बैठकबाट जुन महिनाको ७ तारिखलाई अन्तर्राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाउन सिफारीस गरेबाट विभाग थप उत्साहित भएको छ ।

‘हामी सबैको सरोकारवः खाद्य श्रृंखलामा स्वच्छता र गुणस्तर’ भन्ने नाराका साथ खाद्य श्रृंखलाका विभिन्न चरणमा स्वच्छता र गुणस्तर कायम राख्न विभिन्न क्षेत्रको भूमिकालाई महत्व दिदै विगभाले दिवस मनाउने विभागको प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए । दिवसमार्फत खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई सम्पुर्ण उपभोक्तासम्म पुर्याउन सहयोग पुग्ने उनको भनाइ छ । उनको अनुसार उपभोक्ताहरुहित सम्बन्धित संघ संस्थाहरू, खाद्य उद्योगहरू, खाद्य प्रविधि विषय अध्ययन अध्यापन नहुने कलेजहरू लगायतमा जनचेतनाका प्रदान गरिनेछ ।

दिवस भव्यताका साथ सम्पन्न गर्न विभागका महानिर्देशक कर्णको संयोजकत्वमा विभिन्न सरकारी निकाय उद्योग वाणिज्य क्षेत्रका उपभोक्तावादी संघ सँस्था पत्रकारहरुका संघ सँस्था लगायतबाट प्रतिनिधित्व हुने गरी सदस्यीय एक मूल समिति र विभिन्न २५ वटा उप समितिहरुमार्फत् कार्य अघि बढाएको जानकारी उनले जानकारी गराए ।

उनको अनुसार विभागले दिवस मनाउनेक्रममा सरसफाइ देखि मुलुकभरका विभिन्न स्थानहरुमा अनुगमनको कार्यक्रम तय गरेको छ । केन्द्रदेखि मुलुकमा विभिन्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.