कृषि, उर्जा, पर्यटन र जडिबुटी क्षेत्रमा उपराष्ट्रपति पुनको जोड

  २०७५ वैशाख २० गते २२:३३     विकासन्युज

काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनले २०७५ को वर्ष आर्थिक समृद्धिको बर्ष भएको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा ‘व्यवसायिक क्षेत्रको समसामयिक विषयमा निजी क्षेत्रको धारणा’ प्रस्तुत गर्न बिहीबार उपराष्ट्रपतिको कार्यालय कान्तिपथ काठमाण्डौं पुगेको प्रतिनिधि मण्डलसँंग उपराष्ट्रपति पुनले यसका लागि निजी क्षेत्रको सहयोगको आशा गरेका थिए ।

स्थायी सरकारको निर्माण, लोडसेडिंग मुक्त मुलुक, बन्द हडतालको अन्त भएसँंगै मुलुक आर्थिक समृद्धिको दिशातर्फ उन्मुख भएको उनले बताए । आर्थिक समृद्धिको आधारको रुपमा रहेका कृषि, उर्जा, पर्यटन र जडिबुटीको क्षेत्रलाई विषेश महत्वकासाथ अगाडी वढाउनु पर्नेमा उनले विषेश जोड दिए ।

नेपाल चेम्वरका अध्यक्ष श्रेष्ठले मुलुकले लामो समयदेखि भोग्दै आएको राजनीतिक संक्रमणकालको अन्त भएसँंगै अवको गन्तव्य आर्थिक समृद्धि हुनु पर्ने धारणा व्यक्त गरे ।

स्थायी सरकारको निर्माणसँंगै लगानीको वातावरण बनेको चर्चा गर्दै उनले अब लगानी भित्राउनेतर्फ सरकारको ध्यान जानु पर्ने बताए । व्यापार घाटा न्युनीकरण गर्न आयात प्रतिस्थापन गर्दै निर्यात बढाउन पर्ने उनको जोड छ । उनले विभिन्न निर्यात योग्य वस्तुहरुलाई सहुलियत दिनु पर्ने उपराष्ट्रपति पुन समक्ष राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.