युनाइटेड इन्स्योरेन्समा लगानीकर्ता झुम्मिदा सबैभन्दा बढी सेयर कारोबार, यस्तो छ कारण

  २०७५ वैशाख ५ गते १५:५२     विकासन्युज

काठमाडौं । सेयर बजार बढेपछि यूनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर किन्न लगानीकर्ता झुम्मिएका छन । कम्पनीले चुक्तापुँजी बढाउन २४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएपछि लगानीकर्ता सेयर किन्न झुम्मिएका हुन् ।

यस्तै कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० बराबर २४ कित्ता सेयर निष्कासन गरी पूँजी वृद्धि गर्ने प्रस्ताव गरेको छ ।लगानीकर्ता लोभिएपछि कम्पनीको बुधबार प्रतिकित्ता १ हजार १९० रुपैयाँ मात्रै ५ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सो मात्राको सेयरको बिक्री खुला हुनेछ ।

१ हजार १९० रुपैयाँ पर्ने सेयर १ सय रुपैयाँमा किन्न पाइने भएपछि लगानीकर्ता यूनाइटेडको सेयरमा लोभिएका हुन् ।
हाल कम्पनीको चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ । १२४ प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।

युनाइटेडपछि चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर बढी कारोबार भएको छ । चिलिमेको प्रतिकित्ता ८३५ मा २ कम्पनीको ३ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.