सी-आस्वा सेवा प्रभावकारी बनाउँन यस्तो छ बोर्डको नयाँ निर्देशन

  २०७५ वैशाख ५ गते १४:१५     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सी-आस्वा सेवालाई थप प्रभावकारी बनाउँन नयाँ निर्देशन जारी गरेको छ । उक्त सेवा प्रभावकारीका साथै अावेदन गरेबमाेजिम रकम खातामा उपलब्ध नभएको भन्दै लगानीकर्ताहरूकाे गुनासो अाएपछि बोर्डले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

यस्ता छन् निर्देशन:
१. सार्वजनिक निष्काशनमा सेयर खरिदका लागि प्राप्त आवेदन सी–आस्वा सफ्टवेरमा रुजु गरी ग्राहकको पहिचान एकिन गरेपश्चात् मात्र बुझि लिने ।

२. आवेदनकर्ताको खातामा आवेदन गर्दाको बखत आवश्यक रकम उपलब्ध भएमा माग आवेदन स्वीकार गरी आवेदन रकम रोक्का गर्ने ।

३. सेवाग्राहीलाई सी–आस्वा सेवा सम्बन्धमा जानकारी प्रदान गर्न पर्याप्त प्रचार प्रसार गर्ने ।

४. सी–आस्वा सेवा अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित कर्मचारीहरुलाई तालिम प्रदान गर्ने ।

बैंक तथा वित्तीय संस्थाका कतिपय शाखा कार्यालयबाट प्रदान गरिने सेवा प्रभावकारी नरहेको र लगानीकर्ताहरुको खातामा धितोपत्र खरिद आवेदनमा उल्लेख भए बमोजिम यथेष्ट रकम उपलब्ध भए नभएको एकिन नगरिकनै आवेदन बुझिलिने गरेको गुनासो आएपछि बोर्डले उक्त निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.