२०७५ वैशाख ३ गते १९:५० विकासन्युज
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले मंगलबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।पेट्रोलको भाउ बढेर प्रतिलिटर १०६ रुपैयाँ पुगेको छ ।
यस्तै डिजेल र मट्टितेलको भाउ बढेर प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा २/२ रुपैयाँ भाउ बढाएको हो । इन्डियन आयल कर्पोरेशन लिमिटेडले भाउ बढेको मूल्यसुचि पठाएपछि निगमले बढाएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.