भरतपुर महानगर र चीनस्थित सेन्ट्रल साउथ विश्वविद्यालयबीच शैक्षिक सहकार्य

  २०७४ चैत २७ गते १६:३०     विकासन्युज

काठमाडौं । भरतपुर महानगरपालिका र मित्रराष्ट्र चीनस्थित सेन्ट्रल साउथ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता भएको छ ।

भरतपुर महानगरपालिका भित्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक स्तर वृद्धि गर्न भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआनबीच शैक्षिक सहकार्य सम्बन्धि सम्झौतापत्रमा एक समारोहकाबीच हस्ताक्षर गर्दै शैक्षिक सहकार्य भएको घोषण गरिएको हो ।

सेन्ट्रल साउथ विश्वविद्यालय चीनको एक ख्याति प्राप्त विश्वविद्यालय भएको जनाइएको छ । स्नातकोत्तर र विद्यावारिधिमा २१७ वटा शैक्षिक कार्यक्रम र स्नातक तहमा ९४ वटा शैक्षिक कार्यक्रम सञ्चालन भएको सो विश्वविद्यालयले भरतपुर महानगरपालिकाभित्र रहेका गरीब, असहाय तथा जेहेन्दार विद्यार्थी करिब २० जनालाई पूर्ण र ५० जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गर्ने सहमति भएको जनाइएको छ ।

भरतपुर महानगरपालिकाकोतर्फबाट डा. विश्वास श्रेष्ठले सम्झौताको लागि विश्वविद्यालयसँग आवश्यक समन्वय तथा सहजीकरण गरेका जनाइएको छ ।

सो अवसरमा बोल्दै सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआनले नेपाल नै पहिलो पटक भरतपुरमा आफुहरुले सहकार्य गरेको उल्लेख गर्दै चीन र नेपालको सम्बन्धमा यो सहकार्य कोसेढुगां सावित हुने विश्वास लिए ।

मेयर रेनु दाहाले सहकार्यलाई भरतपुर महानगरको तर्फ थप अगाडी बढाउने जानकारी दिइन् । उनले चीनको विकासका मोडललाई भित्राउन आफु उत्सुक रहेको बताइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.