एक वर्षभित्र गौतमबुद्ध विमानस्थल सञ्चालनमा- पर्यटनमन्त्री

  २०७४ चैत १२ गते १८:५९     विकासन्युज

काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सरकारले सन् २०१९ भित्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताएका छन् । रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै पर्यटनमन्त्री अधिकारीले सरकारले सन् २०१९ भित्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने तयारी भइरहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भने– ‘खुशीको कुरा छ । नयाँ सरकारले विमानस्थलको निर्माणसम्बन्धी कार्य अगाडि बढाउनमा देखिएका समस्या समाधान गरिसकेको छ ।’

त्यस्तै, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अत्याधुनिक प्रविधि जोडेर २४सै घण्टा सञ्चालन गर्ने गरी काम अघि बढिसकेको समेत उनले जानकारी दिए । मन्त्रालयले आगामी पाँच दिनभित्र दीर्घकालीन र अल्पकालीन दृष्टिकोण तयार गरी १०० दिने कार्ययोजना ल्याउने तयारी गरिरहेको तथा आगामी पाँच वर्षभित्र ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको मन्त्री अधिकारीले बताए ।

त्यस्तै, पाँच वर्षभित्र ८० प्रतिशत भूकम्पबाट भत्किएका संरचना पुनःनिर्माण सम्पन्न गर्ने, १०/१० वर्षमा मन्त्रालयगत नीतिगत निर्णय पुनरवलोकन गर्ने उनको तर्क थियो । मन्त्री अधिकारीले ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न पूरै देश अभियानका साथ लाग्ने जानकारी दिँदै भैरहवा विमानस्थल र पोखरा विमानस्थललाई अघि बढाउने स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.