हेटौडामा सञ्चालन भयो महिन्द्राको अत्याधुनिक वर्कसप

  २०७४ चैत २ गते ०:१०     विकासन्युज

काठमाडौं । नेपालमा गुणस्तरीय सेवा सुबिधाका साथम हिन्द्रा एण्ड महिन्द्रा कम्पनीले एउटा नमुना वर्कसप निर्माण गरेको छ । साना र ठूला गाडीहरुका लागी उपयुक्त वर्कसप नेपालको हेटौडामा निर्माण गरिएको हो । जसको उद्घाटन बुधबार गरिएको छ ।

दुगड़ ब्रदर्श एण्ड सन्स सँगको २५ बर्षभन्दा बढीको विश्वासीलो साथ र सहकार्यमा अगाडी बडेको महिन्द्राको सो वर्कसप उद्घाटन सञ्जय जादव (हेड अफ इन्टरनेशनल अपरेसन साउथ एसीया महिन्द्रा एण्ड महिन्द्रा लि.) , विवेक दुगड़ (प्रवन्धनिर्देशक दुगड़ ब्रदर्श एण्ड सन्स) र चैतन्य कागलकार (कन्ट्री हेड नेपाल, भुटान महिन्द्रा एण्ड महिन्द्रालि) ले संयुक्त रुपमा गरेको बताइएको छ ।

ग्राहाकहरुलाई थप गुणस्तरीय सेवा सुबिधा दिने कम्पनीको योजना अन्तर्गत वर्कसपको निर्माण गरीएको कम्पनीले जनाएको छ । वर्कसप ६ हजार ८ सय बर्गफीट क्षेत्रफलमा फैलीएको छ । जाहा सात वटा सर्भिस वेसहित ६ सय वर्गफीट क्षेत्रफल पार्कीङको लागि र ३ हजार ५० बर्गफीट गाडीहरु वासीङका लागि क्षेत्रफल छुट्याइएको छ । अत्याधुनीक उपकरणका साथ छीटो र गुणस्तरीय सेवा प्रदान गर्नका लागि कम्पनीले ग्राहाकको सन्तुष्टीमा ध्यानदिएको जनाएको छ ।

आधुनिक मर्मत कार्यलाई प्राथमिकता दिदै वर्कसपमा ग्राहाकहरुका लागि ठूलो लाउन्ज, ड्राइभर रीटाइरीङ लाउन्ज र लकरको समेत ब्यबस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.