परिसंघ र प्रबुद्ध परिषदले सरकारलाई पेश गर्यो समृद्धिको मार्गचित्रः

  २०७४ चैत १ गते २३:४०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले समृद्धिको अवधारणा कस्तो हुनुपर्छ र त्यो कसरी प्राप्त गर्ने भन्ने बारे परिसंघ–प्रवुद्ध परिषदसँगको पटक पटकको छलफल, सहकार्य र अन्तरक्रियाबाट समृद्धिको मार्ग चित्रको अवधारणा तयार गरी नेपाल सरकारलाई पेश गरेको छ ।


बिहीबार सम्पन्न बेग्ला–बेग्लै कार्यक्रममा परिसंघ तथा प्रबुद्ध परिषदका पदाधिकारीहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव तथा अर्थमन्त्री युवराज खतिवडालाई सो अवधारणा प्रस्तुत गरेको हो । सो समृद्धिको मार्ग चित्रको अवधारणाले सरकारलाई आगामी बनाउने नीति नियम तथा रणनीतिको लागि उपयोगि हुने अपेक्षा गरिएको छ ।

उक्त अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादवले परिसंघले प्रस्तुत गरेको समृद्धिको मार्ग चित्र अध्ययन गरी आर्थिक विकास तथा उद्योग धन्दाको प्रवद्र्धनका लागि आवश्यक नीति र कानून तय गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले औद्योगिक पूर्वाधार विकासका साथै उत्पादनमूलक एवं सेवा क्षेत्रको उद्योगको विकासको लागि लगानीको वातावरण बनाउन पर्नेमा जोड दिएका थिए । मुलुकको समग्र आर्थिक विकास हासिल गर्न सरकारले औद्योगिकीकरण तथा पूर्वाधारलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ ।

अर्को कार्यक्रमा अर्थमन्त्री खतिवडाले नेपालको निजी क्षेत्रले यस प्रकारको अवधारणा तयार गर्नु सह्रानीय भएको बताए । आगामी दिनहरुमा नेपालमा लगानीको बातावरण बन्दै जाने भएकोले उद्योगी तथा व्यवसायीहरुलाई लगानीको लागि तयार रहन उनको सुझाब छ ।

त्यस्तै परिसंघका अध्यक्ष हरिभक्त शर्माले लामो राजनीतिक संक्रमणको अन्त्य भई मुलुकले राजनीतिक स्थायीत्व पाएको वताए । समृद्धिको मार्ग चित्रले सरकारलाई आफ्नो लक्ष हासिल गर्न सजिलो हुने उको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.