प्राइम लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकासोरेन्स सम्झौता

  २०७४ फागुन २९ गते १७:३६     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक लिमिटेड बिच बैंकासोरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्राइमलाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवंर क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापश्चात प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु जनता बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् ।

हाल प्राइम लाइफ इन्स्योरेन्सले १६० प्रतिशत हकप्रद सेयर जारी गरिरहेको छ । कम्पनीको आगामी चैत १४ गते एघारौं वार्षिक साधारण सभाबाट पारित भए पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ५८ करोड रुपैयाँ पुग्ने छ । हकप्रद पश्चात कायम भएको उक्त पुँजीमा कम्पनीले १२.५ प्रतिशतका दरले बोनस सेयर दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.