सुजुकीको ‘सिलेरियो एक्स’ गाडी नेपाली बजारमा, मूल्य २६ लाख ९९ रुपैयाँ

  २०७४ फागुन २९ गते १४:०१     विकासन्युज

काठमाडौं । सीजी मोटोकर्प, नेपालका लागि सुजुकीफोर व्हिलरसको आधिकारिक वितरक तथा सीजी होल्डिङ्गको अटोमोटिभ डिभिजनले अत्यन्त निर्भिक देखिने र्स्पोटि र ट्रेन्डि ‘सिलेरियो एक्स’ बजारमा ल्याएको छ ।

सिलेरियो एक्स र्स्पोटस्मा एरोडाइनामिक शैलीअनि अग्रभागको वरिपरि एक्स् थीममाआधारित ग्राफिक्स्, गाडीको दायावाया भाग, पछाडीको बम्पर, स्किड प्लेटमा राखिएको सुरक्षात्मक आवरणले गाडी अत्यन्त प्रभावशाली भएको सहजै महशुस हुने कम्पनीले जनाएकाे छ । ग्रिल, फोगगार्निस, क्लाड, रुफ गार्निस एण्ड इन्टेरियर मालगाएको अत्यन्तचमकदार कालो आवरणले सुरुवात मै गाडी अत्यन्त स्टाइलिस देखिन्छ । नदेखिने बि-पिलर यसको अर्को ट्रेन्डि विशेषता हो ।

सिलेरियोले आफुलाई पूर्ण फेमिलीकारको रुपमा नेपालीबजारमा स्थापित गरेको छ । सिलेरियो एक्स सँगै सुजुकीले अत्यन्त रुचाइएको यो मोडल, नेपाली बजारको चाहना अनुरुप अझ स्टाइलिस अनि र्स्पोटि बनाउदै लग्ने लक्ष्य राखेको छ ।

कम्पनीका अनुसार सिलेरियो एक्स सम्पूर्ण नयाँ पप्रिका ओरेन्ज रंगको सिग्नेचर रंगमा उपलब्ध छ । यो रंगले युवाजोश र स्र्पोटिनेस झल्काउँछ । ग्राहकले यो गाडी अन्य रंग आर्कटिक व्हाइट, ग्लिसनिङ ग्रे, क्याफिन ब्राउन र टर्क ब्लयु मध्यबाट रोज्न सक्नेछन् ।

सम्पूर्ण कालो इन्टेरियरमा सेतो रंगको परिष्कृत समयोजनले गाडीको इन्टेरियर अझ र्स्पोटि देखिन्छ । यसमा इन्टेरियर र एक्सटेरियरको सुक्ष्म तर बेजोडको रंग समिश्रण झल्किन्छ । कालो रंगको सिटमा सुन्तला रंगको समयोजनले गाडीको स्र्पोटि लुक्स लाई थप निखार दिएको कम्पनीले जनाएको छ ।

सिलेरियो एक्स नेपालमा डुयल एयर ब्याग र आन्टिलक ब्रेकिङ सिस्टम (एबीएस)को साथमा उपलब्ध छ । सिटबेल्टको प्रयोगलाई सुनिश्चित गर्दै यात्राथप सुरक्षित बनाउन यसमा ड्राइभरको साइडमा सिट बेल्ट रिमाइन्डरको व्यवस्थागरिएको छ । अडियो माउन्टेड कन्ट्रोल सहितको म्युजिक सिस्टम, किलेस इन्ट्री, ड्राइभरको सिटको उचाइ घटबढ लगायतकाविभिन्नआरामदायीबन्दोवस्तीले गाडीको यात्रा रमाइलो अनिआरामदायी बनाउँछ ।

शक्तिशाली के. नेक्सट इन्जिनयुक्त यो गाडीले अत्याधिक २३.१ केएमपीएलको माइलेज दिने दाबी गरिएको छ । कम्पनीले यस गाडीको शुभारम्भ मूल्य २६ लाख ९९ रुपैयाँ तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.