सहयोगी विकास बैंकको सीईओमा विनय रिजाल नियुक्त

  २०७४ फागुन १४ गते १७:२४     विकासन्युज

काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा विनय रिजाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले रिजाललाई ४ वर्षको लागि कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो ।

भारतको पुने युनिभर्सिटीबाट स्नातक गरेका रिजाल यस अघि सिभिल बैंकको क्रेडिट एड्मिनिस्ट्रशन विभाग(सिएडी) को प्रमुखपदमा कार्यरत थिए । विशेषगरी बाणिज्य बैंकहरुमा उनले आफ्नो कार्यअनुभव हासिल गरेका छन् । सिभिल बैंकको अतिरिक्त उनले एनबी बैंकमा लामो समय काम गरेको अनुभव छ । ती बैंकहरुको विभिन्न विभागहरुको उच्चतहमा रहेर उनले काम गरिसकेका छन् ।

बाणिज्य बैंकहरुको उच्च तहमा समेत रहेर कार्यानुभव हासिल गरेका नवनियुक्त सीईओ रिजालबाट बैंकले अझ प्रगति गर्ने आशा र विश्वास लिएको छ । बैंक व्यवस्थान, सञ्चालन सम्बन्धि विभिन्न किसिमका तालिमहरु समेत लिएका सीईओ रिजालले बैंक वित्तीय क्षेत्रमा २० बर्षे अनुभव बटुलेका छन् ।

बैंकिङ क्षेत्रको आफ्नो विगतको अनुभवलाई बैंकको हित र प्रगतिकालागि प्रयोग गर्ने उनले बताए । ‘बैंकको ख्यातिलाई थप उचाईमा पुर्याउँदै ग्राहक, सेयरधनीको हित र उन्नतीमा आफ्नो जोड रहनेछ ।’ प्रमुख कार्यकारी अधिकृत रिजालले भने– ‘त्यसका लागि म अहोरात्र खटिरहने छु ।’ उनले बैंकिङ क्षेत्रमा देखिएको वर्तमान चुनौतिलाई अवसरमा परिणत गरेर देखाईदिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.