पोखरा र चितवनमा टिभिएसकोे पहिलो जुपिटर क्लासिक सार्वजनिक

  २०७४ फागुन १० गते ९:०८     विकासन्युज

काठमाडौं । नेपालको लागि टिभिएस स्कूटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएसको पहिलो जुपिटर क्लासिक पोखरा र चितवनमा सार्वजनिक गर्ने भएको छ । नयाँ जुपिटर क्लासिक यसअघि नै नेपाली युवाहरुमाझ स्थापित भइसकेको कम्पनीले जनाएको छ ।


कम्पनीको अनुसार क्लासिक संस्करणमा सनलाइट आइभोरी बडी कलर, डिकल्स, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, आर्कषक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी दुई जना बस्न मिल्ने सिट लगायतका सुबिधाहरु राखिएको छ । सडकमा आर्कषक देखिने उक्त टिभिएस जुपिटरले चालकलाई सुखद अनुभूति र उच्च गति प्रदान गर्ने कम्पनीको दावी छ ।

उक्त टिभिएस जुपिटर क्लासिक पुरै आल्मुनियम बढि, ११० सिसि इन्जनबाटमा उपलब्ध हुनेछ । जसकारण सुपेरियर एक्सीलेरेशन, फियुल इफिसेन्सी तथा उच्चतम शक्ति प्रदान गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीको अनुसार स्कुटरमा टिभिएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ । जसको सहायताले इको मोड र पावर मोड दुबैमा चलाउन सकिन्छ । इको मोडमा गुडाउँदा स्कुटरको इन्धन बचतमा सहयोग पुग्नेछ ।

क्षेत्रीय शुभारम्भ कार्यक्रमको उद्घाटनमा जुपिटर क्लासिकको ब्राण्ड एम्बेस्डर आयुष्मान जोशी, प्रियंका कार्कीले र नेपाल आइडलका लोकप्रिय प्रतिस्पर्धी मध्येका एक सुरज थापाकाले संयुक्त रुपमा गरेको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.