१०९ ठेकेदारलाई भ्याट तिर्न राजस्व कार्यलयको २५ दिने अल्टिमेटम

  २०७४ फागुन ८ गते १३:४१     विकासन्युज

काठमाडौं । आन्तरिक राजश्व कार्यालय ललितपुरले १०९ ठेकेदार कम्पनीलाई मूल्य अभिवृद्धि कर (भ्याट) २५ दिनभित्र तिर्न अल्टिमेटम दिएको छ ।


पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि राजस्व कार्यालयले कर तिर्न आउन ठेकेदारलाई पुनः अल्टिमेटम दिएको हो । मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा १९ बमोजिम करदाताले प्रत्येक कर अवधि समाप्त भएको मितीले २५ दिनभित्र बुझाउनु पर्ने व्यवस्था रहेको छ ।

ऐनको दफा १० (ख) बमोजिम संयुक्त रुपमा दर्ता भएका ती कम्पनीले कानूनी व्यवस्थालाई अटेर गरेपछि राजस्वले अल्टिमेटम दिएको हो ।
राजस्वले गत पुस महिनामै सबै कम्पनीलाई बक्यौता तिर्न पत्राचार गरेको थियो । कम्पनीले कर तिर्ने नआएपछि राजस्व कार्यलय ऐनको दफा अनुसार अघि बढेको हो । राजस्व कार्यलयका अनुसार अबको मितिले २१ दिनभित्र बक्यौता नतिरे, मूल्य अभिवृद्धिकर ऐन, २०५२ को दफा २१ बमोजिम कारबाही प्रक्रिया अगाडी बढ्ने जनाएको छ ।

कर बुझाइसकेको भएमा सोको प्रमाणपत्र समेत दाखिला गर्न राजस्वले भनेको छ । राजस्व नर्तिर्नेमा स्पर्श ज्योती जेभी, युनाइटेड, कान्छाराम, याक्थुङगा, सुनौला खिम्ती, वन्दना भगवती, महादेव खिम्ती,योजना, लामा, धुकुछु जेभी लगायत १०९ कम्पनी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.