एसिया प्रशान्त क्षेत्रीय सञ्चालन प्रविधि सम्मेलन शुरू, विश्वभरका नौ सयभन्दा बढीको सहभागिता

  २०७४ फागुन ८ गते ०:०२     विकासन्युज

काठमाडौं । राजधानीमा फागुन ७ देखि १५ गतेसम्म एसियया प्रशान्त क्षेत्रीय सञ्चालन प्रविधि सम्मेलन (एप्रिकोट) सुरु भएको छ । एसिया प्रशान्त इन्टरनेट संघ (एपिआइए) र एसिया प्रशान्तर नेटवर्क सूचना केन्द्र (एपिनिक) ले स्थानीय सहयोगी इन्टरनेट एक्सचेन्ज नेपाल (एनपिआइएक्स) सँगको सहकार्यमा उक्त सम्मेलन आयोजना गरेको हो ।


सम्मेलनमा विश्वभरबाट करिब नौ सयभन्दा बढीको सहभागिता रहने आयोजकको भनाइ छ । एसिया प्रशान्त नेटवर्क सञ्चालकहरुको मञ्च, एपिनिकको सदस्याहरुबीचको छलफल तथा साधारण साधारण सभा, दक्षिण एसियाली नेटवर्क सञ्चालक समूह(सानोग) का साथै नेटवर्क सुरक्षाका समर्पित फस्ट, एपसर्ट तथा अन्य एसिया प्रशान्त क्षेत्रका इन्टरनेट संगठनहरुको संगमस्थलको रुपमा सम्मेलनलाई लिइएको बताइएको छ ।

उक्त कार्यक्रमलाई नेपाल दुरसञ्चार प्राधिकरण, स्थानीय सूचना प्रविधि संगठन लागयतले सहयोग रहेको छ । सम्मेलनमा विपटेला कम्पनीका सहसंस्थापक अमिर खानले आफ्नो अनुभवहरु सुनाउने बताइएको छ । साथै उनले पछिल्लो दुई दशकको अनुभव एवम् आगामी दशकको मार्गचित्र समेत प्रस्तु गर्ने छन् ।

त्यस्तै स्थानिय वक्ताको रुपमा उक्त सम्मेलनमा नेपाली इन्टरनेट एवम् ताररहित प्रविधिका अभियन्ता डा. महाविर पुन रहेका छन् । उनले आफ्नो अनुवम एवम् स्मार्टसिटीको बारेमा आफ्नो धारण राख्ने छन् ।

पूर्वको कार्यशालाबाट सुरु भएको सम्मेलनमा ताररहित सेन्टर, सुरक्षा, राउटिङ नेटवर्क व्यवस्थापन लगायतको विषयमा छलफल हुने आयोजकको भनाइ छ । आयोजकका अनुसार विभिन्न प्रविधिक विषयमा छलफल, अन्तर देशिय सहकार्य, सरकारी एवम् इन्टरनेट समुदायसँगको सहकार्य लगायत विषयमा समेत सम्मेलनमा छलफल गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.