कुकुर बेच्न हेलम्बुबाट दरबारमार्ग, कति हुन्छ कमाई ?

  २०७४ फागुन २ गते ११:३२     सोनी घले

काठमाडौं । सिन्धुपाल्चोक हेलम्बुका कुमार गिरी एउटा सानो कुकुरको छाउरासँगै दरबारमार्गमा भेटिन्छन् । कालो कुकुरको छाउरा बोकेर उनी दिनभर दरबारमार्ग आसपास घुमिरहन्छन् । एउटा मानिस कुकुरको छाउरा बोकेर व्यस्त शहरको केन्द्र भागमा किन भौँतारिन्छ ? भन्ने प्रश्न उठ्न सक्छ । त्यसको सहज जवाफ छ, उनी हेलम्बुबाट कुकुरको छाउरा बेच्न दरबार मार्ग आएका हुन् ।

उनी एउटै कुकुरको छाउरालाई १० हजार देखि २२ हजार रुपैंयाँसम्म लिएर बेच्छन् । ‘१२ बर्षदेखि कुकुरको व्यापार यसरी नै गर्दै आएको छु, परिवार पालिएको छ, राम्रै आम्दानी हुन्छ’, कुमार गिरीले विकासन्युजसँग भने । गिरीले एक दिनमै २ देखि ३ वटासम्म कुकुरका छाउरा बेच्ने गरेका छन् ।
उनले अधिकांश कुकुरहरु हेलम्बुबाटै ल्याउने गरेका छन् ।

उनले बेच्ने कुकुर भोटे कुकुर (टिब्बेटियन मास्टिफ) जातिको हो । राजधानीमा यस्ता कुकुरहरुको राम्रो क्रेज छ । राजधानीमा हजारौं केनल क्लबहरु छन तर ती क्लबहरुका भन्दा यसरी बाटोमा बेचिने कुकुरहरु प्रति मोह बढिरहेको उनी बताउँछन् । ‘केनल क्लबका कुकुरहरु हाइब्रिड हुन्छन, हामीले ल्याउने त गाउँका स्थानीय कुकुर हुन, त्यसैले पनि हाम्रा कुकुरहरुको छुट्टै क्रेज छ’, गिरीले सुनाए । राजधानीमा गिरी जस्तै कुकुर बेच्नेहरुको संख्या सैंयौं रहेको उनी बताउँछन् ।-प्रशिक्षार्थी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.