खाद्य उद्योगको नाफा ६२ लाख, फेरी प्लान्ट थप्ने तयारी

  २०७४ फागुन १ गते १५:५०     विकासन्युज

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको स्वामित्वमा सञ्चालन रहेको खाद्य उद्योग लिमिटेडले गएको आर्थिक वर्ष २०७३/७४ मा ६२ लाख रुपैयाँ खुद नाफा गरेको छ । अनावश्यक कर्मचरीको संख्या, लागत खर्च कटाएको तथा साल्ट ट्रेडिङको विभिन्न शाखाहरुमार्फत उद्योगबाट हुने उत्पादन बिक्री गर्ने गरेकोले नाफा भएको हो । गएको वर्ष कम्पनीले वार्षिक ३० करोड रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ ।

कम्पनीका महाप्रबन्धक मुकुन्दप्रसाद जोशीले २०६३ सालमा केही समय बन्द भइ सञ्चालनमा आएको सोे कम्पनीले हालसम्म घाटा बेहोर्न नपरेको बताए । ‘११ वर्षको अबधिमा कहिल्यै कम्पनी घाटा भएन,’ उनले भने ‘सो अबधिमा अधिकतम २ करोड २० लाखदेखि न्यूनतम ४० लाख रुपैयाँसम्म वार्षिक नाफा हुदै आएको छ ।’ अनावश्यक कर्मचरीको संख्या, लागत खर्च लगायत कम्पनीले घटाएको छ । साथै पछिल्लो सयम बजारमा बिलिङ प्रणाली राम्रो भएको कम्पनीको खोजी हुन थालेकोले पनि उद्योग नाफामा गएको उनको बुझाइ छ ।

उनको अनुसार आर्थिक वर्ष २०५८/५९ अघि पनि कम्पनी नाफानै सञ्चालन भएको थियो । त्यसपछि मैदामा लागेको भ्याट, बजारमा देखिएको न्यूनविजिकरण, अस्वभाविक प्रतिस्पर्धा लगायतको कारणले २०६३ सालताका कम्पनी करिब १६ महिना बन्द हुन पुगेको थियो । त्यसलाई पुनः संरचना गरेर फेरी कम्पनीलाई सञ्चालनमा ल्याइएको हो । फागुन तेस्रो साता कम्पनीको ४५ औं वार्षिक साधारणसभा हुनैछ । मुलुक संघिय संरचनामा गइसकेकाेले सोही अनुसार कम्पनीलाई अघि बढाउने कम्पनीकाे याेजना छ ।

महाप्रबन्धक जोशीले आगामी सरकारले खाद्य सम्बन्धि अबलम्बन गर्ने नीतिको आधारमा कम्पनीले आवश्यक प्लान्टहरु राख्ने तयारी गरिरहेको बताए । मेशिनहरु जर्मन र चेक गणतन्त्रबाट खरिद गर्ने उनको भनाइ छ । कम्पनीले मैदा, पिठो, सुजीको साथै बाई प्रोडक्टको रुपमा चोकर उत्पादन गर्दै आइरहेको छ । स्वदेशकै कच्चा पदार्थ गहुँको उपयोग गरी कम्पनीले आफ्नो उत्पादनहरु विभिन्न साल्ट ट्रेडिङको आफ्नो शाखाहरुबाट बिक्री गर्दै आइरहेको छ ।

२०२७ सालमा दर्ता भएर २०२९ सालदेखि सञ्चालनमा आएको उक्त सर्बजनिक कम्पनीमा ८० प्रतिशत स्वामित्व साल्ट ट्रेडिङ कर्पोरेशनको छ भने, बाँकी शेयर सर्बसाधारणको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.