राष्ट्रपतिबाट प्रदेश प्रमुखलाई शपथ

  २०७४ माघ ५ गते १८:११     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज अयोजित विशेष समारोहमा शुक्रबार राष्ट्रपति भण्डारीले नवनियुक्त सातै प्रदेशका प्रमुखलाई शपथ गराएकी हुन्।

राष्ट्रपतिसँग शपथ लिनेमा प्रदेश नं १ का प्रा.डा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश नं ३ का अनुराधा कोइराला, प्रदेश नं ४ का बाबुराम कुँवर, प्रदेश नं का ५ उमाकान्त झा, प्रदेश नं ६ का दुर्गाकेशर खनाल र प्रदेश नं ७ का मोहनराज मल्ल रहेका छन्।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी र सुरक्षा निकायका प्रमुखको उपस्थिती थियो । ९तस्वीर छ०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.