एभरेष्ट बैंकको २३ औं साधारणसभा सम्पन्न, ३३ प्रतिशत बोनस सेयर पारित

  २०७४ पुष ३० गते १७:५८     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २३ औं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न कम्पनीको उक्त सभाले सेयरधनीलाई ३३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।

साथै, उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको १.७४ प्रतिशत नगद लाभांश (कार प्रायोजनको लागि) लाई दिने प्रस्ताब अनुमोदन गरेको छ ।३३ प्रतिशत बोनस वितरण पश्चात बैंकको चुक्तापुँजी ८ अर्ब रुपैयाँभन्दा बढि हुने कम्पनीले जनाएकाे छ ।

बैंकले वार्षिक साधारण सभाको अबसरमा ५ वटा नयाँ शाखासमेत खोलेको छ । महोत्तरीको पिपरा, स्याङ्जाको बिरुवा, नुवाकोटको दुप्चेश्वर, बर्दियाको बनसादी र डोटीको शिखरमा आफ्नो नयाँ शाखा खोलेको हो । साथै, बैंकले मोरङको बिराटचोक, इलामको फिक्कल, रौतहटको गौरादह, कैलालीको लम्की र झलारीमा नयाँ एक्टेन्सन् काउन्टर खोलेको छ ।

बैंकले साधारण सभाको अवसरमा आफ्ना कर्मचारीको क्षमता अभिवृद्धिको लागि केन्द्रिय कार्यालयमा ‘इबिएल ट्रेनिङ एकेडेमी’ समेत संचालनमा ल्याएको छ । प्रविधिमा लगानी बढाउदै बैंकले कर्मचारीको लागि इ लनिङ मोवाइल एप ‘सरस्वति’को समेत सुरुवात गरेको छ ।

बैंकले आफ्नो २३ औं बार्षिक उत्सबको अवसर पारेर प्रतिबिम्ब “प्रतिबिम्ब” नामक बार्षिक प्रकाशन सुरु गरेको छ ।

बैंकले आफ्नो ६९ शाखा, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन केन्द्र, ९५ एटिएम मेशिनहरुबाट दिदै आएको छ । बैंकले निकट भबिष्यमा नै ११ नयाँ शाखा थप गर्दै आफ्नो सेवा बिस्तार गर्ने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.