नेको इन्स्योरेन्सको माघ ९ गते बुक क्लोज

  २०७४ पुष ३० गते १२:४६     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको आगामी माघ ९ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि सो दिन इन्स्योरेन्सको बुक क्लोज गर्ने निर्णय गरेको हो ।

कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्दै छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ३९ लाख २० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

इन्स्योरेन्सले बिक्री प्रबन्धक एनएमबी क्यापिटल मार्फत ३९ करोड २० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न बोर्डको अनुमति पाएको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ७८ करोड ४१ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी एक अर्ब १७ करोड रुपैयाँ पुग्ने छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८६० रुपैयाँ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.