२०७४ पुष २६ गते १८:२६ विकासन्युज
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरधनीलाई १०० प्रतिशत (शतप्रतिशत) बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । साथै, कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लभांश दिने कम्पनी सञ्चालक समितिको प्रस्ताव पारित भएको छ ।
समितिको उक्त प्रस्तावलाई बुधबार सम्पन्न कम्पनीको ३१औँ वार्षिक साधारणसभाले पारित गरेको हो ।
बैंकले गत आर्थिक वर्षमा संचालन नाफा एक अर्ब ९८ करोड रुपैयाँ र खुद नाफा एक अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको छ । सो अवधिमा कम्पनीको व्यवसाय २५ प्रतिशतले वृद्धि भई ३९ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।
यस बैंकमा स्ट्याण्डार्ड चार्टर्ड ग्रुपको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर लगानी रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.