लाभांश नदिने सानिमामाई हाइड्रोपावरको बढी सेयर कारोबार, यस्तो छ कारण

  २०७४ पुष २५ गते १८:२९     विकासन्युज

 

काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडको मंगलबार बढी सेयर कारोबार भएको छ ।सानिमाको प्रतिसेयर ४७३ रुपैयाँमा ५ करोड ५२ लाख ७३ हजार रुपैयाँ बराबरको १ लाख १७ हजार १७६ कित्ता सेयर किनबेच भएको छ ।

कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएपनि लगानीकर्ताको भीड सानिमामाईमा लागेको छ ।
गत आर्थिक वर्षमा सानिमामाईले २९ करोड रुपैयाँ खुदनाफा गरेको थियो ।

लाभांश ७ प्रतिशत मात्र हुने भएपछि कम्पनीले गत आर्थिक वर्षमा गरेको खुदनाफा संचित कोषमा राखेर १४ मेगावाट क्षमताको मैलुङखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीको साधारणसभा आउदो शुक्रबार हुदैछ ।

सानिमामाईले सुनकोसी हाइड्रोपावरलाई गाभ्ने प्रस्ताव सभाबाट पारित हुदैछ । कम्पनी गाभ्ने र नयाँ आयोजनामा थप लगानी बढ्ने अनुमानका आधारमा लगानीकर्ताले सानिमामाईको सेयर खरिद गरेका हुन् । कम्पनीको चुक्तापुँजी २ अर्ब ११ करोड रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.