सिटी एक्सप्रेस मनी ट्रान्सफरले शुरु गर्यो भाइबर सेवा, रेमिट्यान्स क्षेत्रमा पहिलो

  २०७४ मंसिर ७ गते १७:३१     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा पहिलो पटक भाइबर सेवा शुरु गरेको छ । उक्त भाइवर सेवा मार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोवाइल ल्यापटप, ट्यावलेट , कम्यूटर लगायतबाट रेमिट्यान्स सेवाको सम्पुर्ण जानकारी लिन सकिने छ ।

सिटी एक्सप्रेसको भाइबर सेवामार्फत ग्राहकरुले पठाएको कारोबारको सम्पुर्ण जानकारी, विनिमय दर, एजेन्टको विवरण ग्राहक सेवा तथा अन्य सम्बन्धित जानकारी लिन सक्नेछन् । साथै, यो सेवा सिटी एक्सप्रेस मनी ट्रान्सफरका ग्राहकरुले मात्र भनएर जोसुकैले पनि उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

सञ्जाल विस्तारको क्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरले देशका अधिकांश बैंक, विकास बैंक, फाइनान्स कम्पनी लगायतसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो करिब ५ हजार भन्दा बढि एजेन्टहरुद्धारा सेवा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.