डा. महत र घर्तिमाथी भएको आक्रमणको माधव नेपालद्धारा निन्दा

  २०७४ मंसिर १ गते १६:०१     विकासन्युज

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालले काँग्रेस नेता डा. रामशरण महत र माओवादी नेतृ ओनसरी घर्तिमाथी भएको आक्रमणको निन्दा गरेका छन् ।

प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर २ को युवा संघ र वाइसिएलको संयुक्त चुनावी भेलालाई थलीमा सम्बोधन गर्दै उनले भने–‘डा. रामशरण महत र ओनसरी घर्तिमाथीको आक्रमण भनेको लोकतन्त्र माथीकै आक्रमण हो, हामी त्यस्ता आक्रमणहरुको भत्सर्ना गर्छाै, एमाले पार्टी र मेरो व्यक्तिगत तर्फबाट आक्रमणको निन्दा गर्न चाहान्छु’, नेता नेपालले भने ।

उनले घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको काम समेत गरेका थिए । निर्वाचनमा सुरक्षा चुनौती थपिँदै गएकाले संयमित भएर सबै राजनीतिक दलहरुले जनता समक्ष आफ्ना कुरा राख्नुपर्नेमा उनको जोड थियो । फरक प्रशंगमा एमाले बरिष्ठ नेता नेपालले बाम गठबन्धनको सरकार काँग्रेसको भन्दा भिन्न हुने दावी समेत गरे । ‘काँग्रेसकै जसरी देश चलाउन बाम गठबन्धन गरिएको होइन, जनतालाई विकास, समृद्धि र समानताको महशुस हुने गरि राज्य सञ्चालन गर्छाै’, नेता नेपालले भने ।

उनले बाम गठबन्धन दुई तिहाई बहुमत नजिक पुगिसकेको पनि बताए । ‘हामी दुई तिहाई नजिक पुगिसकेका छौं, नयाँ सरकार दुई तिहाईकै बन्छ, तर त्यसले संबिधानलाई तलमाथी हुन दिँदैन, हामी लोकतन्त्रलाई थप बलियो बनाउन एक भएका हौं’, नेता नेपालले भने ।
बाम गठबन्धनले लोकतन्त्र कमजोर पार्छ भन्ने काँग्रेसको आरोपलाई उनले पराजित मानसिकताको उपज भएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.