सिजीले ल्यायो नयाँ मोडलका इलेक्ट्रीक वाटर हिटर, ट्याङकीमा ५ वर्षको वारेण्टी

  २०७४ मंसिर १ गते १५:०१     विकासन्युज

काठमाडौं । सिजी ब्राण्डले हालै तीन नयाँ मोडलका इलेक्ट्रीक वाटर हिटर ल्याएको छ । आकर्षक तथा सरल प्रविधिको उक्त हिटरहरुको मुख्य विशेषता भनेको ट्याङकीमा ५ वर्षको वारेण्टी रहेको छ ।

उक्त इलेक्ट्रीक हिटरहरु १०, १५ र २५ लिटरमा उपलब्ध छन् । जसमा इएलसीबी(अर्थ लिकेज सर्कियुट ब्रिएकर) जस्ता मुख्य विशेषता रहेको कम्पनीले जनाएको छ । जसको कारण करेन्टलाई लिकेज हुन र लाग्न बाट जोगाउँद छ ।

साथै, यस हिटरमा उच्च गुणस्तरको हिटिङ तत्व राखेको छ । जसको कारण अधिकतम आयु र न्यूनतम शक्ति खपत गर्दछ । यसमा ७५ डिग्री सेल्सियस तापक्रम सम्म बढाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस हिटरले अधिकतम तापक्रम(ओभरहिट प्रोटेक्सन) बाट हुने क्षतिलाई पनि रोक्न सक्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.