सेयर बजार १५ अंकले ओरालो

  २०७४ कार्तिक ३० गते १५:१९     विकासन्युज

काठमाडौं । बिहीबारको सेयर बजार १५.७३ अंकले ओरालो लागेर १४८९ अंकमा झरेको छ । सो दिन नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । बजारमा कुल ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् ।

दोहोरो अंकले ओरालो लागेको बजारमा सबै समूहका परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६९ अंकले ओरालो लागेको छ । त्यस्तै, फाइनान्स, अन्य समूह र ट्रेडिङ समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् ।

सो दिन सबैभन्दा बढी नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य ४.९६ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.