चितवनमा अन्तराष्ट्रिय भैंसी विज्ञ सम्मेलन सुरु, ९० वटा अनुसन्धानात्मकमुलक कार्यपत्र प्रस्तुत हुने

  २०७४ कार्तिक २९ गते १८:०३     विकासन्युज

चितवन/चितवनको सौराहामा बुधबारदेखि अन्तराष्ट्रिय भैंसी विज्ञ सम्मेलन सुरु भएको छ । सम्मेलनको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा.आईपी ढकालले समुद्घाटन गरेका छन्  । सो क्रममा बोल्दै प्रमुख अतिथि उपकुलपति डा.ढकालले नेपालका रैथाने भैंसीको संरक्षण र नयाँ प्रजातिको विकासका लागि सम्मेलन फलदायी हुने बताए । नेपाललाई दुधमा आत्मनिर्भर बनाउन भैंसी पालनलाई व्यवसायिक बनाउनुपर्ने बेला आएको बताए ।

यस्तै कार्यक्रममा बोल्दै इन्टरनेशन बफेलो फेडेरेशनका अध्यक्ष अध्यक्ष प्राध्यापक डा.ऐनतेनियो बर्गिजले नेपालमा यसप्रकारको कार्यक्रम गर्न धेरै ढिलो भएको बताए । एशियाका अन्य देशमा यस्ता कार्यक्रमहरु हुँदा पनि नेपालमा हुन नसकेको भन्दै चितवनमा आयोजित सम्मेलनले राम्रो कामको सुरुवात भएको बताए ।

‘भैंसीको उत्पादन वृद्धि’ मुल नाराका साथ नेपालमै पहिलो पटक सुरु भएको सम्मेलनमा भैंसीका विशेषज्ञ तथा अनुसन्धानकर्ता एवंम वैज्ञानिकहरुको सहभागिता रहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा सुरु भएको सम्मेलनमा नेपालसंगै भारत, चीन, पाकिस्तान, बंगलादेश, थाईल्याण्ड, फिलिपिन्स, अमेरिका र क्यानाडाको गरि झण्डै ५५ जना विदेशीसहित २ सय जना प्रतिनिधिको सहभागिता रहेको छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा इन्टरनेशन बफेलो फेडेरेशनका अध्यक्ष प्राध्यापक डा.ऐनतेनियो बर्गिज र युनिभर्सिटि अफ भेटेनरी एण्ड एनिमल साईन्स लाहोर पाकिस्तानका प्रोभाईस चान्सलर नसिम अहमदको विशेष कार्यपत्र प्रस्तुत हुने आयोजक समितिकी संयोजक डिन डा.शारदा थपलियाले जानकारी दिइन् । उनले भैंसीको अनुवंशीक गुण वृद्धि गरि उत्पादन बढाउँने र पोषणा स्वाथ्य तथा भैंसीको व्यवस्थापनको विषयमा छलफल हुने जानकारी दिए ।

सम्मेलनमा भैंसीको बाली लाग्ने समय परिवर्तन र विकासका विषयमा समेत अनुभव आदान–प्रदान गरिने आयोजकले जनाएको छ । सम्मेलनमा ९० वटा अनुसन्धानात्मकमुलक कार्यपत्र प्रस्तुत हुनेछ ।

आज सम्पन्न उद्घाटन सत्रमा एशियन बफेलो एशोसियसनका अध्यक्ष इन्दरजित सिंह, कृषि तथा वन विज्ञान विश्वविद्यालयका रिजष्टार प्राध्यापक डा.मनराज कुलाक्षपति, पशु सेवा विभागका महानिर्देशक डा.विमल कुमार निर्मल, मेचिगन स्टेट युनिभर्सिटिका प्राध्यापक नन्दप्रसाद जोशी, पशु सेवा विभागका कार्यक्रम निर्देशकहरु, नेपाल कृषि अनुसन्धान परिषद् महाशाखाका प्रमुखहरु, पशु सेवा विभाग अन्तरगतका क्षेत्रीय निर्देशकहरुलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.