कार्ल्सबर्गको १७० औं वर्षगाठ, ज्याकोब्सनको तस्वीर प्रदर्शनी नेपालमा

  २०७४ कार्तिक २५ गते १२:१९     विकासन्युज

ललितपूर । गोर्खा ब्रुअरीले कार्ल्सबर्गको १७० औं वार्षिकोत्सवको अवसर पारेर पाटन संग्राहलयमा फोटो प्रदर्शनी गरेको छ । कम्पनीको कथा बोकेको र संस्थापक जेसी ज्याकोब्सेन परिवारको १८ औं शताब्दीदेखि अहिलेसम्मका फोटा दस्तावेजीकरण गरेर प्रदर्शनी गरिएको हो ।

गोर्खा ब्रुअरीका उपप्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले पुराना दिनको सम्झनामा प्रदर्शनी आयोजना गरिएको बताए । वार्षिकोत्सवको सुरुवात गत अगष्टमा कोपेनहेगनमा एक सातासम्म प्रदर्शनी गरिएको थियो ।

जेसी ज्याकोब्सनले आफ्नो प्रयोगशालामा पिएच-स्केल र शुद्ध इष्टको वैज्ञानिक खोज गरेका थिए । इष्ट बिग्रिएर सम्पूर्ण उद्योग नै प्रभावित भएको समयमा उनले गरेको खोजले नै ब्रुइङ उद्योगलाई पूनर्जिवन दिएको हो ।

सन् १८७५ मा ज्याकोब्सेनले कार्ल्सबर्ग प्रयोगशाला स्थापना गरेका थिए । त्यसपछि कार्ल्सबर्गले यसले खोज तथा अनुसन्धानका क्षेत्रमा लगानी रहेको विश्वकै ठुलो औद्योगिक कम्पनीको रुप लियो ।

अनुसन्धानबाट प्राप्त सम्पूर्ण कुरा उद्योगमा खर्च गरिन्थ्यो । ज्याकोब्सनले भनेका थिए, ‘हामीले विश्वकै उत्कृष्ट बियर उत्पादन गरिरहेका छौं । त्यसलै प्रतिस्पर्धीदेखि डराउनु आवश्यक छैन ।’

युवक जेसी ज्याकोब्सन

परिवारका साथ ज्याकोब्सन

कामदारका साथ ज्याकोब्सन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.