शुक्रबार मात्रै चार कम्पनीको सेयर मूल्य समायोजन, क-कसको भयो?

  २०७४ कार्तिक २४ गते १३:३१     विकासन्युज

काठमाडौं । शुक्रबार मात्रै विभिन्न चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले  आरएसडीसी लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, देवः विकास बैंक र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो ।

नेप्सेले आरएसडीसीकाे समायोजन पश्चात यस संस्थाको सेयर मूल्य प्रतिकित्ता १ हजार २९२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १ हजार १९ रुपैयाँ रहेको थियो ।

त्यस्तै, नेप्सेले लक्ष्मी लघुवित्तको १० प्रतिशत बोनस सेयर पश्चात सेयर मूल्य समायोजन गराएको छ । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १ हजार २२७ रुपैयाँ रहेको छ भने जसको आधार मूल्य प्रतिकित्ता १ हजार २४५ रुपैयाँ रहेको थियो ।

त्यसैगरी, देवः विकास बैंकको पनि १७.१ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २०२ रुपैयाँ रहेको छ ।

साथै, एनएमबी माइक्रोफाइनान्सको २० प्रतिशत बोनस सेयरपछिको सेयर मुल्य समायोज गरेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार सो मात्राको बोनस पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ८७६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १ हजार ४५६ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.