बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)को मंसिर ११ गतेदेखि बुक क्लोज

  २०७४ कार्तिक २२ गते १३:४९     विकासन्युज

काठमाडौं । बोटलर्स नेपाल र बोटलर्स नेपाल(तराई) दुबैको मंसिर ११ गतेदेखि बुक क्लोज मंसिर २५ गतेसम्म बुक क्लोज हुने भएको छ । यी दुबै कम्पनीले आ–आफ्नो वार्षिक साधारणसभा प्रयोजनको लागी १५ दिन बुक क्लोज गर्न लागेका हुन् ।

सभामा बोटलर्स नेपाल(तराई)को सञ्चालक समितिको निर्णय बमोजिम आफ्ना सेयरधनीलाई प्रतिसेयर २५ रुपैयाँ नगद लभांश वितरण गर्ने निर्णयलाई पारित गरिने छ । यस कम्पनीको सञ्चालक समितिको बैठक गत सोमबार(कात्तिक २० गते) बसेको थियो ।

बुधबार नेप्सेमा प्रकासित भएको सूचनामा यी दुबै कम्पनीको वार्षिक साधारणसभाको मिति भने तोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.