सामसङको ग्यालेक्सी नोट८ नेपाली बजारमा, मूल्य १ लाख दुई हजार ९९० रुपैयाँ मात्र

  २०७४ असोज ३ गते १४:१३     विकासन्युज

काठमाडौं । सामसङ इलेक्ट्रोनिले एसपेन र दुई वटा क्यामरा भएको ग्यालेक्सी नोट८ नेपाली बजारमा भित्र्याएकोे छ । बजारमा यस फोनको मूल्य १ लाख दुई हजार ९९० रुपैयाँ मात्र रहेको छ ।

यस फोन एसपेनको सहायताले अझै व्यक्तिगत तरिकाबाट सम्पर्क गर्न सकिने र यसमा भएको डियुएल क्यामेराको साथ अप्टिकल इमेज स्ट्याबिलाईजेसनले जस्तो सुकै अवस्थमा पनि जीवन्त एवम् सशक्त फोटो खिच्न सकिन्छ । ग्यालेक्सी नोट८ फोनमा इन्फिनिटी डिस्प्ले, सुधारिएको एस पेन र ट्रियू डियूएल क्यामेरा रहेको छ । साथै, यसमा भएको ठूलो स्क्रीन जुन ६.३ इन्च क्वाड एचडि प्लस सुपर एएमओएलइडी इन्फिनिटी डिस्प्ले युक्त छ ।

कम्पनीका अनुसार यस फोनमा स्क्रिन अफ मेमोले १०० पानासम्मको मेमो अनलक नगरीकन टिप्न सकिन्छ । यसका अतिरिक्त सुधारिएको एसपेनले ट्रान्सलेटर र कन्भटरको पनि विशेष काम गर्दछ । यसबाट ७१ वटा भाषाहरु तुरुन्तै आफूलाई चाहिएको भाषामा रुपान्तरण गर्न सकिन्छ ।

विशेषताहरुः

असीमित सम्भावनाहरु

ग्लोक्सिी नोट८ र एस पेन दुबै पानी र धुलो प्रतिरोधक विशेषता (आईपी६८) युक्त छन् । चाँडो रिचार्ज हुने वाइरलेस चार्जिङले सहज एवम् सुविधा जनक तरिकाबाट चार्ज गर्न सकिन्छ ।

शक्तिशाली प्रदर्शन

यसमा भएको ६ जिबि र्याम तथा १०एनएम प्रोसेसर र २५६ जिबिसम्म बढाउन सकिने मेमोरिले इन्टरनेट चलाउन, गेम खेल्न, भिडियो हेर्न र एकै पटकमा विभिन्न कार्य (मल्टीटाक्स) गर्नको लागि विशेष शक्ति प्रदान गर्दछ ।

सुरक्षा

ग्यालेक्सी नोट८मा इरिज तथा फिङगर प्रिन्ट स्क्यानिङ, फेस रिकगनाइसन, पिन, प्याटरन र पासवोर्ड जस्ता सुरक्षा संयन्त्र तथा सामसङ केनक्सले तथा हार्डवेर र सफ्टवेरले अझै उच्च सुरक्षा प्रदान गर्दछन् । यसमा भएको सुरक्षित फोल्डर सुविधाले तपाइँका व्यक्तिगत र व्यावसायिक डाटालाई छुट्टा छुट्टै राख्दछ ।

अन्तर्क्रिया गर्ने नयाँ शैली

बुद्धिमान इन्टरफेस बिक्सबे को माध्यमबाट प्रयोगकर्तासँग फोन एडप्ट भई स्मार्ट तरिकाबाट फोन चलाउन सकिन्छ ।

नवीन मोबाइल अनुभव

सामसङ डेक्स ले एउटा डेस्कटपको अनुभव प्रदान गर्दछ । यसमा आफ्ना फाइलहरु राख्न सकिन्छ । एउटा डेक्स्टप कम्प्युटको जस्तै काम गर्न सकिन्छ र अझ धेरै सुविधाहरु प्राप्त गर्न सकिन्छ ।

रङ तथा उपलब्धता

नेपालमा यस फोन असोज २४ गतेदेखि मिडनाइट ब्ल्याक र मेपल गोल्ड रंगमा उपलब्ध हुने छ । यसको प्रि-बुकिङ्ग सुविधा असोज २ बाट नेपालभर रहेका सामसङ ब्राण्ड स्टोर र निश्चित रिटेल स्टोरहरुबाट गर्न सकिने छ । यस अवधि भित्र ग्राहकहरुले प्रि-बुकिङ्ग गरेमा यसको सामसङ कन्भर्टिभल वाइरलेस चार्जर सित्तैमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.