नेपाल इन्भेष्टमेन्ट बैंकको भदौ २१ को सेयर कारोबार खारेज

  २०७४ भदौ २८ गते १४:४८     विकासन्युज

काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंकको भदौ २१ गतेको सेयर कारोबार रद्ध भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनपछि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले भदौ २१ गतेको सेयर कारोबार रद्ध गर्ने निर्णय गरेको हो ।

बैंकले बोनस सेयर र नगद लाभांश सम्बन्धी गलत सूचना दिएर लगानी कर्तालाई झुक्याएको भन्दै सो दिनको सेयर कारोबार रद्ध गरिएको हो । बैंकले टाइपिष्टले भुल गरेको भन्दै केहि समयपछि नै १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने स्पष्ट पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.